स्वास्थ्य

उपचारमा लुट, निजी अस्पताललाई छुट

सृजना खड्का | असार ४, २०७८
काठमाडौँ : आफैँले आफैँलाई ‘नामी र दामी’ घोषणा गर्ने निजी अस्पतालबाट कोभिड–१९ महामारीमा अधिकांश नागरिकले सजिलै सेवा पाएनन् । जतिले सेवा पाए, त्यो सस्तो थिएन । अरू बेला हेपिएका सरकारी अस्पतालबाट भने महासंकटमा नागरिकले अपेक्षाभन्दा राम्रो सेवा पाए । निजी अस्पतालले महामारीमा देखाएका अमानवीय व्यवहारका अनेक शृंखला छन् ।  शृंखला-१ वैशाख २९ गते, धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलल...