स्वास्थ्य

कोभिड खतरा बढ्यो भन्‍ने सरकारले नाकामा चेकजाँच गर्नै छोड्यो

इकागज | चैत २९, २०७७
काठमाडौँ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोभिड संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताए पनि त्यसो हुन सकेको छैन ।   आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी र चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देख...