स्वास्थ्य

कोभिड सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने : स्वास्थ्य मन्त्रालय

इकागज | चैत १२, २०७७
काठमाडौँ : सरकारले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताए । 'बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत ...