स्वास्थ्य

जाडोमा बाक्लो लुगा लगाउँदा एलर्जी भए के गर्ने ?

डा. सृष्टि श्रेष्ठ | मंसिर १७, २०७७
जाडो महिनामा तातो कपडा सबैले लगाउँछन् । तर, सबैको शरीरले बाक्लो कपडा सहदैन । बाक्लो कपडाले कसैलाई एलर्जी पनि गर्छ । कपडाबाट एलर्जी हुनुलाई मेडिकल भाषामा ‘क्लोदिङ डर्मेटाइटिस वा कन्ट्याक्ट डर्मेटाइटिस’ भनिन्छ । जाडोमा बाक्लो कपडा लगाउँदा धेरैलाई छाला रातो हुने, चिडचिडाहपन हुने, चिलाउने, पोल्ने आदि हुन्छ । कपडाले भएको एलर्जीलाई धेरैले चिसोको कारणले भएको एलर्जी पनि ठान्छन् र, बेवास्ता गर्छन् । कपडाले एलर्ज...