स्वास्थ्य

गण्डकीमा थपिए ४०६ जना कोभिड-१९ संक्रमित

इकागज | कात्तिक १६, २०७७
पोखरा : गण्डकी प्रदेशमा आइतबार ४ सय ६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । प्रदेशको ९ जिल्लामा गरी यती संक्रमित थपिएका हुन् । थपिनेमध्ये ६९.७ प्रतिशत अर्थात २ सय ८३ जना कास्की जिल्लाका छन् ।  तनहुँमा ५१ संक्रमित, नवलपरासीमा ३१, लमजुङमा १८, पर्वतमा १२, गोरखा र स्याङ्जामा ११/११, बागलुङमा ९ र म्याग्दीमा ७ संक्रमित थपिएका छन् ।  आइतबार प्रदेशमा एकैदिन धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यस अगाडि १४ कात्ति...