प्रदेश / स्थानीय सरकार

केही दिनमै पाँच लाख गरिबलाई १०, १० हजार बाँड्छौं : अर्थमन्त्री शर्मा

इकागज | कात्तिक १४, २०७८
हेटौंडा – नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई १०, १० हजार रूपैयाँ बाँड्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल, हेटौंडाको प्रथम अधिवेशनको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।   आफ्नो पार्टीको पहलमा सरकारले पाँच लाख गरिबलाई सो रकम बाँड्न लागेको उनले बताए । दसैंअगाडि नै सो रकम बाँड्ने योजना भए पन...