प्रदेश / स्थानीय सरकार

मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड एक हप्तादेखि अवरुद्ध

इकागज | असार २९, २०७८
पर्वत : भीषण पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत ६ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो ।  पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भए...