Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रदेश / स्थानीय सरकार

पूर्वउपसभामुख पोखरेलले मासिक आठ हजार पाउने गरी थालिन् शिक्षण

इकागज | साउन २३, २०८०
विराटनगर- कोशी प्रदेशको पहिलो पाँच वर्षे कार्यकालकी उपसभामुख सरस्वती पोखरेलले सरकारी विद्यालयमा शिक्षण पेसा सुरू गरेकी छन् । उनी एक साताअघि सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयमा सामाजिक विषय शिक्षकमा नियुक्त भएकी हुन् ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार समाजशास्त्रमा स्नातकोत्तर गरेको शैक्षिक योग्यता भएको र उनले अध्यापनका लागि इच्छा राखेपछि विद्यालयले हाललाई दैनिक ज्यालाद...