प्रदेश / स्थानीय सरकार

वडा कार्यालय सारिएको भन्दै स्थानीय आन्दोलित

सुभाष कर्ण | चैत २०, २०७९
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२३ को वडा कार्यालय साबिककै ठाउँमा राख्नुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । साबिक बिन्धीमा रहेको वडा कार्यालय लादोबेलास्थित दुधमति पुल नजिक गोविन्द सेवा समिति राखेर कार्य सञ्चालन गरेपछि वडाध्यक्ष राघवेन्द्र साहविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । बिन्धीस्थित वडा कार्यालयमा वडाध्यक्ष र सचिव विगत केही दिनदेखि नबस्दा स्थानीयको कामकाज प्रभावित रहेका...