प्रदेश / स्थानीय सरकार

कोशी प्रदेशमा कांग्रेससँग माओवादीको 'बार्गेनिङ'

एमाले नेतृत्वको सरकार फेरिनुपर्ने विषयमा कडा नबन्ने माओवादीकाे रणनीति

बाबुराम भण्डारी | चैत १०, २०७९
विराटनगर- कोशी प्रदेशका नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वको वर्तमान सरकारलाई दिइएको विश्वासको मत फिर्ता लिइहाल्ने अवस्था नरहेको बताएका छन् । उनले लामो सहकार्य गर्ने भनेर केन्द्रकै निर्देशनमा गठबन्धन बनेर सरकार निर्माण भएको अवस्थामा कोशी प्रदेशमा तत्कालै सरकार फेरबदल हुने अवस्था नआउने दाबी गरेका हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आङ्बोले कोशी प्रदेशमा सरकार फेरबदलबारे माओवादीभित्र क...