प्रदेश / स्थानीय सरकार

कर बुझाउने सूचनामा व्यवसायीहरूको विरोध

'आर्थिक मन्दीमा खान लाउन अवस्था छैन, कर बुझाउँ कि बैंकको चर्को ब्याज'

सुभाष कर्ण | चैत १३, २०७९
जनकपुरधाम- उद्योग व्यवसायले आर्थिक मन्दीको मार खेपिरहेका बेला आन्तरिक राजस्व कार्यालय जनकपुरधामले करदाताहरूको नाममा बक्यौता कर रकम बुझाउन सार्वजनिक गरेको सूचनाको उद्योगी व्यवसायीहरूले विरोध जनाएका छन् । आइतबार एक स्थानीय पत्रिकामा मूल्य अभिवृद्धि कर र आयकर, अन्तः शुल्क तथा टिडिएसतर्फका कर नबुझाएका उद्योगी व्यवसायीहरूको नाम र संस्थासहितको नाममा सार्वजनिक सूचना जारी गरेकोमा स्थानीय उद्योगी व्यवसायीहरूले आर्थिक...