प्रदेश / स्थानीय सरकार

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी

इकागज | चैत १२, २०७९
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उनीहरुको राजीनामा र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरक...