प्रदेश / स्थानीय सरकार

लोकल भालेसहित घ्यू र अण्डा बोकेर सुत्केरीलाई  भेट्न घरघर पुग्छन् जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी

इकागज | फागुन ५, २०७९
ढोरपाटन - बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई  जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरू भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरूले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् ।  सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर ...