प्रदेश / स्थानीय सरकार

केन्द्रीय निर्देशिका बेवास्ता

मधेश सरकारका अधिकांश वेबसाइट 'आउटडेटेड', केही खुल्नै छाडे

सुभाष कर्ण | माघ २९, २०७९
जनकपुरधाम - मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालयका वेबसाइट खुल्दैनन् । खुलिहाले पनि कुनैमा 'अपडेट' छैन । धेरैजसो मन्त्रालयका वेबसाइट 'आउटडेटेड' छन् । मन्त्रालयहरूले लाखौँ रुपैयाँ खर्चेर निर्माण गरेका वेबसाइटहरू केही महिनौँदेखि बन्द छन्, अधिकांश अपडेट र डाटाविहीन छन् ।  वेबसाइटमा एकरूपता पनि छैन । न एकीकृत सर्भर छ ।  'प्रदेशको विकास बुलेट ट्रेनको स्पीडमा गर्ने' नारा दिने...