प्रदेश / स्थानीय सरकार

सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख पाउन सकेन

इकागज | पुस ३०, २०७९
कैलाली- सभामुखका उम्मेदवारले बहुमत पाउन नसकेपछि आज पनि सुदूरपश्चिम प्रदेशमा सभामुख चयन हुन सकेन । प्रदेश माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्रका १ सा...