Ekagaj Logo
२९ कात्तिक २०८१, बिहीबार
(Thursday, 14 November, 2024)

प्रदेश / स्थानीय सरकार

विराटनगर महानगरले सुरु गर्‍याे कर संकलन अभियान

बाबुराम भण्डारी | मंसिर २७, २०७९
विराटनगर- दुई आर्थिक वर्ष यता वार्षिक लक्ष्यको ५० प्रतिशत पनि आन्तरिक आय संकलन गर्न नसकेपछि विराटनगर महानगरपालिकाले मंगलबारदेखि कर संकलन अभियानलाई वडागत रूपमा सुरु गरेको छ । महानगरले आर्थिक वर्ष २०७७/७८ मा ९५ करोड ७५ हजार लक्ष्यको ४२ प्रतिशत अर्थात ४० करोड ४९ हजार रुपैयाँ र आव ०७८/०७९ मा ९९ करोड ९० लाख लक्ष्यको ४९ प्रतिशत अर्थात ४९ करोड ७८ लाख मात्रै आन्तरिक आय संकलन गरेको थियो । महानगरको आन्तरिक आय वृद्धि हुन...