प्रदेश / स्थानीय सरकार

अगाडि बढ्यो भेरी लिफ्ट खानेपानी आयोजना

लक्ष्मी भण्डारी | भदौ १८, २०७९
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न अघि सारिएका भेरी लिफ्ट खानेपानी आयोजनाको काम अघि बढ्ने संकेत देखिएको छ । उक्त आयोजना अघि बढाउन वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकारबीच सम्झौता भएको छ । अघिल्लो साता वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।&n...