प्रदेश / स्थानीय सरकार

सुर्खेतमा कुपोषित बालबालिका बढ्दै

इकागज | साउन ५, २०७९
सुर्खेत । सुर्खेतमा कुपोषित शिशुको जन्मदर बढ्न थालेको छ । यसरी जन्मिने अधिकांश शिशुहरुको कम तौल रहेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा कम तौल भएका नवजात शिशुको जन्मदर ६ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/०७८ मा ८ प्रतिशत पुगेको यो तथ्यांक २०७८/०७९ मा भने बढेर ११ प्रतिशतमा पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सामान्यतया गर्भावस्थाको समयावधि अगावै बच्चाको जन्म भएमा नवजात शिश...