प्रदेश / स्थानीय सरकार

बाँकेमा पुल निर्माण : काममा ढिलासुस्ती गर्दै म्याद थप्दै

इकागज | साउन ४, २०७९
राँझा- बाँकेमा लुम्बिनी प्रदेश सरकारको पुल निर्माण योजनामा निर्माण व्यवसायी कम्पनीले ढिलासुस्ती गरेको छ । प्रदेश सरकारद्वारा बाँकेमा निर्माणाधीन तीनवटा ठूला पुल निर्माण समयावधि सकिएको छ । तर, निर्माण कार्य ५० प्रतिशत पनि सम्पन्‍न भएको छैन । दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको बजेटमा खजुरा गाउँपालिका-२ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा-४ चल्तुवास्थित किरण नाला पुल र बैजनाथ गाउँपा...