प्रदेश / स्थानीय सरकार

तिलाेत्तमामा उपमेयरले हाकिमलाई 'तँ' भनेपछि तनाव : धकेलाधकेल भएपछि नगरसभा स्थगित [भिडियाे]

बुटवल । रूपन्देहीको तिलाेत्तमाकाे चाैथाे नगरसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । ९० सदस्यीय जनप्रतिनिधि रहेकाे सभामा आइतबार ४२ जनाकाे मात्रै हाजिरी भएपछि पुन: स्थगित भएको हाे । बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन् । अहिले उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । उपमेयर जागेश्वरी चाैधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दावाद,कांग्रेसका हाकि...