प्रमुख समाचार

मलद्वारमा पेट्राेल छर्केर मजदुरको हत्या, एक जना पक्राउ

सुभाष कर्ण | पुस १०, २०७९

जनकपुरधाम- महोत्तरीको सम्सी गाउँपालिकामा एक जना मजदुरकाे निर्ममतापूर्वक हत्या भएकाे छ ।​

सम्सी गाउँपालिका वडा नम्बर २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएकाे हाे ।

हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सलामले अन्सारीलाई दिइरहेको यातनाकाे भिडियो पनि बनाएका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

गत बुधबार अन्सारीको मलद्वारमा पेट्राेल छर्केर आगो लगाई सलामलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीलाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारकै क्रममा आज मृत्यु भएको छ ।

मजदुरी गर्दै आएका अन्सारी १५ हजार महिना पारिश्रमिकमा सलामकाे घरमा काम गर्दै थिए । काम सुरु गरेकै पहिलाे दिन घरधनी सलामले उनलाई निर्ममता पूर्वक हत्या गरेकाे प्रहरीकाे भनाइ छ ।

इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन पक्राउ गरिसकेकाे  महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । उनले भने, ‘उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइसकेका छौँ ।’

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको छ ।

पक्राउ परेका सलाम लागूऔषध मुद्दामा पहिले पनि दुई पटक पक्राउ परिसकेका थिए । मृतकका भाइ समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।

मृतक अन्सारीको घरको आर्थिक अवस्था निकै कमजोर छ । उनकाे ६ जना सन्तान छन् ।

देउवाको दूत बनेर खुमलटार पुगेका विमलेन्द्र निधिलाई प्रचण्डले के भने ?

इकागज | पुस १०, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता विमलेन्द्र निधि ...

प्रतिनिधिसभामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को

इकागज | पुस १०, २०७९

काठमाडौँ - नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहु...

वर्षमानले शनिबारै नै दिए देउवालाई गठबन्धनबाट माओवादी बाहिरिने जानकारी

इकागज | पुस १०, २०७९

काठमाडौँ- शनिबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र ...

एमालेले प्रदेश १ मा आज दलको नेता छान्दै, कार्कीलाई सर्वसम्मत चयन गर्ने तयारी

इकागज | पुस १०, २०७९

विराटनगर- प्रदेश १ को प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्ने भएको छ...