प्रमुख समाचार

अब भ्रष्टाचारको अन्त्य हुन्छ : मन्त्री श्रेष्ठ

इकागज | पुस ११, २०७९

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरूलाई सच्याउँदै मुलुकमा सुशासन कायम गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका हुन् ।

उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुने धारणा राखे । जनताले संविधान नियम र कानुन अनुसार हुने काम भनसुन र घुस नखुवाई हुने अवस्था सिर्जना गर्नुपर्ने पनि भनाइ व्यक्त गरे ।

मन्त्री श्रेष्ठले उपप्रधानमन्त्री बन्न मात्रै सरकारमा नआएको भन्दै काम गर्न आएको स्पष्ट पारे ।

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न विधेयकलाई अन्तिम रूप दिनका लागि कार्यदल गठन गर्ने सम्बन्धमा निर्णय गरेका थिए । 

पोषाकबाट पहिचान झल्काउँदै प्रदेश १ का सभा सदस्यहरुले लिए सपथ (फोटो फिचर)

बाबुराम भण्डारी | पुस ११, २०७९

विराटनगर - प्रदेश १ का ९३ जना प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश १ का ज्येष्ठ...

सुन व्यापारीसँग पैसा लिएको आरोपमा डीएसपी ठगबहादुर नियन्त्रणमा, ३५ तोला सुन र २५ लाख बरामद

इकागज | पुस ११, २०७९

बुटवल- ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोली...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका श्रेष्ठ र पुनलाई सुरुमै मन्त्री बनाउने तयारी

इकागज | पुस ११, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट सुरुमा दुई जना मन्त्री बन्‍ने चर्चा सुरु भएको छ । माओवादी अध्...