प्रमुख समाचार

कहिले हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?

इकागज | पुस १२, २०७९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद पाठकले जानकारी दिए । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानका कारण निर्वाचनको मिति तोक्ने तयारी भइरहेको उनले बताए । 

सहायक प्रवक्ता पाठकका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक भने हुनै छैन । दुई वटा पदमा फरक लिङ्ग र समुदायबाट व्यक्तिहरू चुनिनु पर्ने कानूनी व्यवस्थाका कारण दुवै पदमा एकै पटक निर्वाचन नहुने भएको हो । आयोगले निर्वाचनको मिति तोकेपछि सरकारले सोको व्यवस्था मिलाउने छ । 

समसामयिक विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो

इकागज | पुस १२, २०७९

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । केन्द्रीय कार्यालयका मुख्...

गृहकाे निर्देशन : कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्नू

इकागज | पुस १२, २०७९

काठमाडौँ- गृह मन्त्रालयले सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्म...