प्रमुख समाचार

१५ दिनमा कार्यालय र व्यापारिक संस्थाले राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौँ महानगरको निर्देशन

इकागज | पुस ६, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका कार्यालयको परिचय वा व्यापारिक संस्थाले राखेका होर्डिङ बोर्ड १५ दिनभित्रमा हटाउन निर्देशन दिएको छ । महानगरले पटक-पटक सूचना जारी गर्दा पनि ३० वर्ग फिटभन्दा ठूलो नराख्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले १५ दिनमा हटाउन पुनः सूचना जारी गरेको छ ।

व्यापार गर्ने संघ, संस्था, वित्तिय संस्था, सरकारी तथा गैह्र सरकारी संस्थाले ३० वर्ग फिट भन्दा ठूलो परिचय बोर्ड राखेको भए हटाउनु पर्ने महानगरले जारी गरेको सूचनामा बताइएको छ ।

महानगरले जारी गरेको सूचनामा कार्यालयले ३० वर्ग फिट भन्दा ठूलो परिचय बोर्ड राख्‍न नपाइने उल्लेख छ । स्वयम कार्यालय, संघ र संस्थाले नहटाएमा महानगरले हटाउँदा लागेको खर्च सो बराबरको लागत सम्बन्धित पक्षबाट असुल गर्ने भएको छ ।

महानगरका अनुसार कार्यालय वा व्यापारिक संस्थाले एउटा मात्र परिचय बोर्ड राख्न पाउने छन् । ६ वर्ग फिटको एउटा मात्र राख्‍न र वार्षिक ५ सय रुपैयाँ राजश्व तिर्नुपर्ने पाउने छन् ।

१५ वर्ग फिटको एउटा मात्र राख्न पाइने र वार्षिक राजश्व १५ सय रूपैयाँ तिर्नुपर्ने छ ।

 

शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

इकागज | पुस ६, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बै...

कांग्रेस संसदीय दलको निर्वाचनले देश, जनता र पार्टीको भविष्य दिशानिर्देश गर्नेछ : गगन थापा

इकागज | पुस ६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय ...