प्रमुख समाचार

निर्वाचन आयोगले भन्योः प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले ३५ दिनमा खर्च विवरण बुझाउनू

इकागज | पुस ६, २०७९

काठमाडौँ- निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।

आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउनु पर्ने बताएको हो ।

आयोगका अनुसार  खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने आयोगले जानकारी दिएको छ । 

गत मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको थियो ।

१५ दिनमा कार्यालय र व्यापारिक संस्थाले राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौँ महानगरको निर्देशन

इकागज | पुस ६, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका कार्यालयको परिचय वा व्यापारिक संस्थाले राखेका होर्...

शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

इकागज | पुस ६, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बै...