प्रमुख समाचार

डलर घट्‍यो, युरो र पाउण्ड बढ्‍यो

इकागज | मंसिर २९, २०७९

काठमाडौँ- राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ। बुधबार भने अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ५६ पैसाले ओरालो छ । 

युरोपियन युरोमा १ रुपैयाँ ७ पैसाले उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्री दर १४० रुपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिद दर १३९ रुपैयाँ २३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो । त्यस्तै बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १६२ रुपैयाँ ९८ पैसा पुगेको छ भने बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ रुपैयाँ १२ पैसाले उकालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलरमा पनि ७९ पैसाले वृद्धि भई एकको खरिददर भने ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २१ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा कायम रहेको छ । बुधबार कतारी रियाल खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ । यता मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९८ पैसा र बिक्री दर ३० रुपैयाँ ११ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग हुने

इकागज | मंसिर २९, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका ...

बाइ-बाइ चिसाे तोक्पेगोला, चाैंरीसँगै बेंसी झरेपछि मानवविहिन बन्याे बस्ती

इकागज | मंसिर २८, २०७९

ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ । हिउँदको चिसो ...

कानुनी झमेलामा सांसद, पुनः मतगणनादेखि शपथ नगराउनेसम्मका मुद्दा सर्वाेच्चमा

इकागज | मंसिर २८, २०७९

काठमाडौं । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फसेका छन् ...