प्रमुख समाचार

रेशम चौधरीसहितलाई जेलबाट छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति एमालेको आपत्ति

इकागज | मंसिर २६, २०७९

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्नेगरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएका छन् ।

सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उपमहासचिव रिमालले ‘संविधानको रक्षा गर्छौं’ भन्ने चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्नेगरी यस्तो अध्यादेश ल्याउन खोज्नु आफैँमा गलत भएको उल्लेख गर्दै एमालेले त्यसको सशक्त विरोध गर्ने समेत स्पष्ट पारे । राजनीतिलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न सकिन्छ भन्ने दृष्टान्तसहित काम चलाउ सरकारले विधेयकमार्फत शासन गर्छु भन्नु नै गलत भएको उनको टिप्पणी थियो ।

उपमहासचिव रिमालले काम चलाउ सरकारलाई कुनै पनि खालको अध्यादेश ल्याउने अधिकार नै नभएको तर्कसमेत गरे । उनले नयाँ सांसदहरू चुनिएर आएकाले वर्तमान सरकारले मुलुकमा दूरगामी महत्वको कुनैप नि काम गर्न नमिल्ने जिकिर गरे । ​

उपमहासचिव रिमालले जेलभित्र रहेका राजनीतिक बन्दीलाई रिहाइ गर्ने नाममा इट्टाभट्टामा मान्छे मारेको आरोप लागेका काँग्रेस नेता मोहम्मद अफताव आलमलाई आममाफी दिन सो अध्यादेश ल्याउन सरकार लागिपरेको गम्भीर शंकासमेत व्यक्त गरे । उनले वर्तमान गठबन्धन सरकार कायमै रहे मुलुकले धेरै नकारात्मक कुराहरू भोग्नुपर्ने र लोकतन्त्रप्रतिको वितृष्णा झनै बढेर जाने आरोपसमेत लगाए ।

आइतबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले टिकापुर घटनामा दोषी करार रेशम चौधरीलाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

 

अध्यादेशबारे बास्कोटा भन्‍छन्- गठबन्धनलाई मुरीकामुरी बधाई, ग्लोरीफाई  टोली छॅंदैछ कराउनेले के गर्न सक्छन र ?

इकागज | मंसिर २६, २०७९

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यादेश प्रकरणबारे सरकारलाई व्यङ्ग्य गरेका...

अस्पताल क्षेत्रमा गाडी रोक्न प्रतिबन्ध, राजमार्गका सबै टिकट काउन्टर बसपार्कमा

इकागज | मंसिर २६, २०७९

बुटवल - बुटवलको अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहर...

अन्त:शुल्क स्टिकर अभावमा जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले बल्ल लगायो ठेक्का

इकागज | मंसिर २६, २०७९

काठमाडौँ- अदालतमा मुद्दामामिला झेलेको अवस्थामा मदिरा तथा चुरोटमा टाँसिने अन्त:शुल्क स्टिकर नै अभाव भएप...