प्रमुख समाचार

संसद्‍मा​ धनराज गुरुङको तेस्रो यात्रा

इकागज | मंसिर १९, २०७९

वालिङ- प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए । 

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएकी नेकपा एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ हुन् । उनले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन् ।

विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रूपमा उनको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी भए । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति भए ।

विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गरेका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यर्थी युनियनमा नेविसङ्घका तर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । विसं २०५३ मा नेविसङ्घको सभापति बनेका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गरेका थिए ।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद बनेका थिए । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी भएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गरेका हुन् । पार्टीको १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी भए ।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताएका छन् । यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्‍मा यही विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

'विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो,' उनले भने, 'मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु ।'

निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिए बमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उनले गरे ।

शिक्षकको माग गर्दा नगरप्रमुखले विद्यालयबाट निकालिदिए विद्यार्थी

इकागज | मंसिर १९, २०७९

महोत्तरी- लोकतन्त्रमा नागरिक अधिकारको माग गर्नु र राज्यले यस्ता अधिकारको ग्यारेण्टी गर्नु दायित्व नै हो । अ...

चिकित्सा शिक्षा आयोगले भन्यो- अनुमति प्राप्त नगरेको शिक्षण संस्थाले भर्ना आव्हान नगर्नू

इकागज | मंसिर १९, २०७९

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेको शिक्षण संस्थाले विद्यार्थी भर्ना आव्हान गरेकोमा आपत्त...

डलर स्थिर, युरो बढ्‍यो

इकागज | मंसिर १९, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकल...

कमल थापाले ध्वस्त पारेको राप्रपालाई राजेन्द्र लिङ्देनले दिए पुनर्जीवन

इकागज | मंसिर १९, २०७९

काठमाडौँ- दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सा...

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः आयोग

इकागज | मंसिर १८, २०७९

काठमाडौँ- निर्वाचन आयोगले पूर्ण रूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । ...