प्रमुख समाचार

माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

इकागज | मंसिर १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

भेटमा दुवै नेताले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ ।

यसका साथै वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरू दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने  गरी सकारात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सक्ने माओवादी केन्द्रकाे निर्णय

इकागज | मंसिर १७, २०७९

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्...

विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो, सोचमा पुनरावलोकन गरौं : पोखरेल

इकागज | मंसिर १७, २०७९

महोत्तरी- नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षला...