प्रमुख समाचार

उरुग्वेसँग २०१० मा भोगेको हारको बदला लिने दाउमा घाना

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा घानाले उरुग्वेको सामना गर्दैछ । घाना र उरुग्वेबीचको खेल अल जानोब स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगल नकआउटमा पुगिसकेका कारण केवल एक स्थानका लागि तीन टिम प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलविरुद्ध खेल्दा दक्षिण कोरिया पनि अन्तिम १६ को अपेक्षासहित मैदानमा उत्रने छ ।

अघिल्ला दुई मध्ये एक खेलमा जित हात पार्दै ३ अंक जोडेको कारण घानाको अघिल्लो चरणको सम्भावना बलियो छ । उसले उरुग्वेलाई पराजित गरे अघिल्लो चरणमा प्रवेश गर्नेछ । बराबरी भए अर्को खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यता एक खेल बराबरी खेल्दा एक खेलमा पराजय भोगेको उरुग्वेलाई भने अघिल्लो चरण पुग्न केवल जितले मात्रै पुग्दै अर्को खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ ।

तर उरुग्वेविरुद्ध खेल्दा घानाले केवल जितको मात्र अपेक्षा गर्दैन उसले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको क्वार्टरफाइनलमा भोगेको पराजयको बदला लिने दाउमा समेत हुनेछ ।

क्वार्टरफाइनलमा १-१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा उरुग्वेले घानालाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सुले मुन्तारीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घानालाई अग्रता दिलाएपनि डिएगो फोरलानले ५४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर घानाको टिम तथा समर्थक सो पराजयको बदला कुरिरहेका छन् । कतारमा जारी विश्वकपले सो अवसर पनि जुराइदिएको छ ।

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : रेखा शर्मा

इकागज | मंसिर १६, २०७९

तिलोत्तमा । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा ...

माओवादी नेता वर्षमान पुनलाई फेरि जण्डिसले सतायो, उपचारका लागि आजै चीन जाँदै

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । ...

सार्वजनिक जग्गा जफत, नोक्सान गरेमा कारबाही गर्छौँ : काठमाडौँ महानगर

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- काठमाडौँ महनगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा,...