प्रमुख समाचार

म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो: नेता पौडेल

इकागज | मंसिर १५, २०७९

चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । 

'गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ,' उनले भने, 'म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।' पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । 
 
'सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो,' उनले भने, 'पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरूपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।'
 
टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले  बताए ।

फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । उनले भने, 'नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।' 

सत्तापक्षको सेटिङमा गरिएको नाङ्गो धाँधलीलाई आयोगले वैधता प्रदान गर्नु गम्भीर : शंकर पोखरेल

इकागज | मंसिर १५, २०७९

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको...

फिफा विश्वकप : आज चार खेल हुँदै, अन्तिम १६ मा पुग्ने चार टिमको टुङ्गो लाग्‍ने

इकागज | मंसिर १५, २०७९

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई&rs...

महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्डको जक्सन बन्छ सुकुटे

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार परिवारसहित सुटुक्क सिन्धुपाल्चोकको ...

गहुँको बीउ चोरेर लैजाँदै गर्दा कञ्चनरुप नगरपालिकाका अधिकृत समातिए

इकागज | मंसिर १५, २०७९

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकाले वितरण गर्न ल्याएको गहुँको बीउ चोरेर लैजाँदै गर्दा नगरपालिकाका स्वा...

सुनसरी-४ मा सञ्चारमन्त्री कार्की र एमालेका कुसियैतबीच कडा टक्‍कर, ८२ मतको अन्तर

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । कुसियैतले &n...