प्रमुख समाचार

बाँके–१ (१) मा माओवादीकी केसी दोस्रो पटक निर्वाचित

इकागज | मंसिर ९, २०७९

नेपालगञ्ज- बाँके  निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । 

उनी एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले नौ हजार एक सय तीन मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार नौ ६६ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका राप्रपाका नरेन्द्रकुमार पौडेलले सात हजार दुई सय ५८ मत पाएका छन् ।

सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले तीन हजार सात सय छ मत ल्याएका छन् ।

माओवादी नेतृ केसी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

बारा-१: कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी

इकागज | मंसिर ९, २०७९

काठमाडौँ- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । ने...

सिन्धुपाल्चोक–२ मा पहिलाेपटक जित्याे कांग्रेसले, माेहन बस्नेतले रचे इतिहास

इकागज | मंसिर ९, २०७९

मेलम्ची- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा ...

कांग्रेस उपसभापति खड्काले गरे पाँचाैपटक सुर्खेत–१ बाट संसदीय यात्रा

इकागज | मंसिर ८, २०७९

सुर्खेत, । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाबाट पाँचौ...

मतगणना बिथोल्न तारबार भत्काउने प्रयास गर्दा राेक्ने प्रहरीकाे खानेपानी मन्त्रीले गरे सरुवा

इकागज | मंसिर ८, २०७९

बारा- बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडिदेखि खटिएका सशस्त्रका नायव प्रहरी नायव उपरीक्...