प्रमुख समाचार

झण्डै ११ हजार मत गन्न बाँकी हुँदा विश्वप्रकाश शर्माकाे जित निश्चित

इकागज | मंसिर ७, २०७९

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेको उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।

यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उनी प्रतिस्पर्धी एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि छन् । शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् भने खरेलको मत २३ हजार नौ सय आठ मत छ । यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो । 

समानुपातिकमा दुई वटा पार्टीले कटाए दुई लाख मत, माओवादी र स्वतन्त्र पार्टीको कति ?

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधि...

कैलाली-३ को दुवै प्रदेश सभा पनि नागरिक उन्मुक्ति पार्टीको पोल्टामा

इकागज | मंसिर ७, २०७९

कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति...

बागमती प्रदेश सभामा सात स्थानमा अन्तिम मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

इकागज | मंसिर ७, २०७९

मकवानपुर- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको १३ जिल्ला...

उदयपुर २ (१) मा माओवादीका मगर ३५ मतान्तरले दोस्रो पटक निर्वाचित

इकागज | मंसिर ७, २०७९

विराटनगर- उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर मगर...

चुनावी परिणामबारे नारायणकाजीको विश्लेषण : सबै आँधीबेरी जीवन ध्वंश गर्न नभइ बाटो सफा गर्न पनि आउँछ

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेष...

प्रदेश १ : एमाले १२, कांग्रेस ७ र माओवादी केन्द्रलाई ५ ठाउँमा अग्रता

बाबुराम भण्डारी | मंसिर ७, २०७९

विराटनगर - प्रदेश १ का २८ वटा संघीय निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले एक सिटमा जित निकाल्दै थप १२ वटा...