प्रमुख समाचार

भोजपुरले मलाई सदुपयोग गर्नेछ भन्ने ठानेको थिएँ, गलत सावित भएँ : पूर्वमुख्यमन्त्री राई

इकागज | मंसिर ९, २०७९

विराटनगर- भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले भोजपुरले आफूलाई सदुपयोग गर्ने विश्वास गरे पनि आफू गलत साबित भएको बताएका छन् ।

शुक्रबार सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुदन किराँतीसँग २ हजार ३८५ मतान्तरले पराजित भएका राईले निर्वाचनको परिणामलाई भने स्वीकार गरेको बताएका हुन् ।

सानै उमेरदेखि आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि समर्पित रहेको बताउँदै राईले आफ्नो जन्म र कर्मभूमि रहेको भोजपुरको श्रीवृद्धि र विकासमा आफ्नो सम्पूर्ण ध्यान, ज्यान र समय खर्चिँदै आएको दाबी गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका राईले आफूले एउटा पार्टीको कार्यकर्ता वा नेतामा सीमित नभइ काम गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मन्त्री र मुख्यमन्त्री जस्तो गरिमामय ठाउँमा कुनै स्वार्थ र लाभका लागि नगएको बताएका छन् ।

‘मैले जे गरेँ इमान्दारीपूर्वक गरेँ, धेरै गर्न सकिनँ होला, छोटो समयमा त्यो सम्भव पनि थिएन, तर मैले जिल्लाको विकास र श्रीवृद्धिमा छोटो समयमा केही योगदान गरेको छु,’ उनले भनेका छन्, ‘यसपटक न्याय नपाए पनि भविष्यमा न्याय पाउने आशा लिएको छु, मलाई भोजपुरले साझा सम्पत्तिको रूपमा ग्रहण गरेर जिल्लाको विकास र समृद्धिमा भरपुर सदुपयोग गर्नेछ, त्यो कुरामा भोजपुर चुक्ने छैन भन्ने मैले ठानेको थिएँ तर म गलत साबित भएँ ।’ 

चुनावमा हुने हारजितलाई सामान्य र स्वाभाविक भएको बताएका छन् । मतदाता, समर्थक शुभेच्छुकलाई निर्वाचन परिणामले निराश नहुन पनि आग्रह गरेका छन् । पूर्वमुख्यमन्त्री राईले आफूविरुद्ध अनेकन भ्रम, कुप्रचार, चरित्र हत्या, पैसा वितरण, भोजभतेर, आग्रह पूर्वाग्रह, घात अन्तर्घात र तमाम षडयन्त्र भएको आरोप लगाएका छन् ।

निर्वाचनको परिणामलाई पार्टीभित्र निर्मम समीक्षा हुने पनि बताएका छन् ।

संसदीय दलको नेता नछानी कसैले प्रधानमन्त्री घोषणा गरेर केही हुँदैन : शेखर काेइराला

बाबुराम भण्डारी | मंसिर ९, २०७९

विराटनगर- मोरङ ६ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदीय दलको न...

गुल्मी-१ मा कांग्रेसका भण्डारी निर्वाचित, एमालेका ज्ञवाली पराजित

इकागज | मंसिर ९, २०७९

बुटवल- गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । गठबन्धनको...

धरानबाट जित्‍ने सांसदलाई मेयर हर्कको चेतावनी : पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू

इकागज | मंसिर ९, २०७९

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी १ बाट निर्वाचित हुने सांसदलाई कोशीको...

भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन पराजित, माओवादीका सुदन विजयी

इकागज | मंसिर ९, २०७९

काठमाडौँ- भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पराजित भएका छन्...

सहकारीविरुद्धको उजुरी बढेपछि काठमाडौं महानगरले जारी गर्‍यो १२ बुँदे निर्देशन

इकागज | मंसिर ९, २०७९

काठमाडौं- सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थ...