फुटबल

के इरानले वेल्सलाई पराजित गर्ला ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ११:५२ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत इरान र वेल्स मैदानमा उत्रदा दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

समूह 'बी' मा रहेका वेल्स र इरानबीचको खेल अहमद बिन अली स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट सुरु हुनेछ ।


६४ वर्षपछि विश्वकप खेलिरहेको वेल्सले इरानलाई पराजित गरेर ऐतिहासिक जित निकाल्ने लक्ष्य बोकेको छ । वेल्सले पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरी खेलेको थियो ।

यता इरान पनि वेल्सलाई पराजित गरेर पहिलो जितको खोजीमा हुनेछ किनभने पहिलो खेल इरानले इंग्ल्यान्डसँग ६-२ गोल अन्तरले पराजित भएको थियो ।

इतिहास हेर्दा इरान र वेल्सबीच अहिलेसम्म केवल एक खेल मात्र भएको छ । जसमा वेल्सले जित हात पारेको थियो । सन् १९७८ मा भएको मैत्रीपूर्ण खेलमा वेल्सले इरानलाई १-० ले पराजित गरेको थियो ।


Author

थप समाचार
x