राजनीति

गुल्मी-१ मा कांग्रेसका भण्डारी निर्वाचित, एमालेका ज्ञवाली पराजित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १३:४ बजे

बुटवल- गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् ।


भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरी निर्वाचित भएका छन् । भण्डारीका प्रतिद्वन्द्वी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरी उपविजेता बनेका छन् ।

यसअघि गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका नेता गोकर्ण विष्ट निर्वाचित भइसकेका छन् । विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलाई हराउँदै निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x