वर्षमान पुन भारी मतान्तरसहित पुन: विजयी
बुटवल - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त' प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन दोश्रोपटक रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन् .
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुढाले १६ हजार ४ सय ८५ मत ल्याए। पुन र बुढाबीचको मतान्तर २५ हजार २ सय २९ छ।