प्रमुख समाचार

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- आजै राति ९ बजेबाट मत गणना

इकागज | मंसिर ४, २०७९

काठमाडौँ - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आज राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताएका छन् । भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरू संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।

उनले हिमाली जिल्लामा मतपेटिकाहरू आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए । उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उनले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरूलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए । 

सुरक्षा व्यवस्था कडा पारेका छौं, ढुक्कसँग मतदान गर्नुहोस् : गृहसचिव

इकागज | मंसिर ३, २०७९

काठमाडौँ- सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना ...

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

इकागज | मंसिर ३, २०७९

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्म...

स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस् : प्रमुख निर्वाचन आयुक्त

इकागज | मंसिर ३, २०७९

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरूलाई मतदान तथा मत गण...

कास्कीमा ३ नमुना मतदान केन्द्र, जहाँ महिला कर्मचारी मात्र खटिँदैछन्

धनबहादुर गुरुङ | मंसिर ३, २०७९

पोखरा- कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदा...

भोलि तपाईं मत हाल्न जाँदै हुनुहुन्छ ? नागरिक एपले मतदान केन्द्र खोज्न यसरी सहयोग गर्दैछ

इकागज | मंसिर ३, २०७९

काठमाडौँ-  भोलि अर्थात् मङ्सिर ४ गते (आइतबार ) बिहान ७ देखि साँझ ५ बजेसम्म एकैसाथ प्रतिनिधि ...

'कांग्रेस र माओवादीबीच फाटो गराउने उद्देश्यले सामाजिक सञ्जालमा गलत सूचना हालियाे'

इकागज | मंसिर ३, २०७९

काठमाडौँ- नेपालका प्रतिष्ठित अनलाइन मिडियाको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्...

बिनाबर्दी गौंडा-गौंडामा बसेका छौँ, ‘आचारसंहिता छल्ने प्रयास नगर्नूस्’: आयुक्त भण्डारी

इकागज | मंसिर ३, २०७९

काठमाडौँ - निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घट...