प्रमुख समाचार

प्रचण्ड सहभागी हुने चुनावी सभा नजिक व्यक्तिले बाेकेकाे बम विस्फोट

इकागज | कात्तिक ३०, २०७९

 विराटनगर । भोजपुरको पौवादुम्बा गाउँपालिकास्थित तिवारी भञ्ज्याङमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम बिस्फोट भएको छ । सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हेलिकप्टर चढेर पुग्ने कार्यक्रम थियो ।

तर प्रचण्ड पुग्नु अगावै सभास्थल नजिकै भएका विष्फोटमा बम बोक्ने व्यक्ति भोजपुरको अरूण गाउँपालिका–४ का सुमन श्रेष्ठ घाईते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले श्रेष्ठले आफैंले झोलामा बोकेको बम विष्फोट भएको जानकारी दिए । बिस्फोटबाट उनको दुवै खुट्टामा गहिरो चोट लागेको जनाइएको छ । प्रहरीले बिस्फोट भएको स्थल नजिकका क्षेत्रमा पनि सर्च गरिरहेको जनाइएको छ ।

बम बोक्ने श्रेष्ठका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । घाइते भएका उनलाई स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । धरानको चुनावीसभालाई सम्बोधन गरेर प्रचण्ड हेलिकप्टरबाटै भोजपुर पुग्ने कार्यक्रम रहेको र अहिले उनी हेलिकप्टरबाटै कार्यक्रम स्थल समेत पुगिसकेको जनाइएको छ ।

रुपन्देही -५ मा शाह र घिमिरे मुख्य प्रतिस्पर्धी, प्रमुख अजेन्डा बुद्ध जन्मभूमिको विकास

इकागज | कात्तिक ३०, २०७९

रुपन्देही- बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्र...

रवि लामिछानेका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

इकागज | कात्तिक ३०, २०७९

काठमाडौं- राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । ब...

‘मन्त्री पदबाट मेरो बर्खास्तीको कारण नेतृत्वसँग सोध्छु’: कुमार खड्का

धनबहादुर गुरुङ | कात्तिक ३०, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारमा निर्वाचनको समयमा एकपछि अर्को मन्त्री बर्खास्तीमा परिरहेका छन् । निर्वाचन प्रचा...

पोल्यान्डमा रुसी मिसाइल प्रहार : बाइडनले गरे आपतकालीन बैठक

इकागज | कात्तिक ३०, २०७९

बाली- संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले पोल्याण्डमा दुई जनाको मृत्यु भएको विस्फोटको अनुसन्धा...

प्रदेशसभा सदस्यका लागि दुवै गठबन्धनबाट ८३ जना नयाँ अनुहार उम्मेदवार

सुभाष कर्ण | कात्तिक ३०, २०७९

जनकपुर - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा मधेश प्रदेशमा पाँचदलीय सत्तारूढ र प्...

अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाए मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु : खनाल

इकागज | कात्तिक ३०, २०७९

फिक्कल - पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति...