प्रमुख समाचार

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम १ अर्ब ३५ करोड

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक ७ अंकले ओरालो  लागेको छ। साताको पहिलो कारोबारमा बजार परिसूचक ७.१३ अंकले घटेको हो । सरकारले आइतबार निर्वाचनको दिन तथा सोमबार सार्वजनिक दिँदा मंगलबारबाट बजार खुलेको थियो।

बजार परिसूचक ०.३७ प्रतिशतले घटेर १९२९.७० मा झरेको छ। 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.३९ झरेर ३७९.५९ मा झरेको छ । उप-समूहतर्फ बैंकिङ क्षेत्र ०.०९, जीवन बीमा समूह ०.०३ प्रतिशतले बढ्दा अन्य ११ परिसूचक राताम्मे रहे ।

यस्तै मंगलबार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७ सय ७९ मूल्य बराबरको सेयर खरिद बिक्री भएको छ। २४ हजार २ सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

सामान्य अंकले बजार घट्दा ५२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ।

जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त, सयपत्री हाइड्रोपावर,सिद्धार्थ इक्विटी फण्ड लगायतका सेयर उच्च कारोबार गर्ने रहेका छन् ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने उपसचिवसहित आठविरुद्ध आरोपपत्र दायर

इकागज | मंसिर ६, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन उपसचिव परशुरा...

प्रतिनिधि र प्रदेश सभाको मतपत्र एकै ठाउँमा भेटिएपछि कास्की १ को मतगणना रोकियो

इकागज | मंसिर ६, २०७९

पोखरा- कास्की निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । प्रतिनिधि सभातर्फको मतपेटिकामा प्रदेश स...

उपेन्द्र यादव र महन्थ ठाकुरबाहेक सबै शीर्ष नेताहरूको अग्रता कायमै

इकागज | मंसिर ६, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्षा उपेन्द्र यादवबाहेक सबै दलका शीर्ष नेताहरू प्रतिनिधिसभा नि...

एक सय ३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका ...

गगन थापाले मतदातालाई सम्बोधन गर्दै भने : अब संसदीय दलको चुनावको तयारीमा लाग्छु

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य गग...

जितपछि प्रकाशमानले भने : प्रधानमन्त्रीका लागि साथीहरूसँग सल्लाह गर्छु

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने ...

रुपन्देही : क्षेत्र नं १, ५ मा एमाले , २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता

इकागज | मंसिर ६, २०७९

रुपन्देही- गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)...