प्रमुख समाचार

विरोधपछि प्रचण्डको सचिवालयले भन्‍यो- बधाई र शुभकामनाको नाममा खादा, माला र समयको बर्बादी नगरिदिनु

इकागज | मंसिर १३, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरीदिन अनुरोध गरेको छ । प्रचण्डको सचिवालयले केही सुझाव भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष कमरेडको निजि सचिवालयको इमेलमा पठाई सहयोग गर्न अनुरोध गरेको छ । [email protected][email protected] नामक इमेलमा सुझाव भए पठाउन भनिएको छ ।

त्यस्तै आवश्यक छलफल र भेटघाटका लागि भने समय व्यवस्थापन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

शुभकामना र बधाई दिने नाममा प्रचण्डलाई माला र खादाले छोप्‍ने गरी लगाएको फोटो सार्वजनिक भएपछि माओवादीकै नेता/कार्यकर्ताहरू विरोध गरेका थिए । माओवादीका नेता लेखनाथ न्यौपानेले चुनाव जितेका अरुहरूले अलिअलि तामझाम गरेको ठिकै मान्‍न सकिएला तर प्रचण्डले त्यसो गर्न हुँदैन र सुहाउँदैन भन्दै फेसबुकमा लेखेका थिए । त्यसलगत्तै माओवादीका अन्य कार्यकर्ताहरूले पनि प्रचण्डले त्यसो गर्न नसुहाउने भन्दै सामाजिक सञ्‍जालमा लेखेका थिए । 'अधिकांश अलोकप्रिय पात्रलाई टिकट दिँदा पार्टी १७ मा झरेको छ र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरूले लतार्दै लगेको बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु माला खादासहित बधाई खाने कुराले भौतिक-नैतिक रुपमा अलिकति पनि राम्रो गरेको छैन' न्यौपानेले लेखेका थिए ।

विरोध आउन थालेपछि प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगर्न अनुरोध गरेको हो ।

टीकापुरलाई सुन्दर बनाउने परिकल्पना याेजनामै सिमित, चार वर्षमा पनि बनेन सडक

इकागज | मंसिर १३, २०७९

टीकापुर- कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए ...

कस्तो रहला आजको मौसम ?

इकागज | मंसिर १३, २०७९

काठमाडौं - मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भू...

मेयर बालेनको प्रश्न - राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?

इकागज | मंसिर १२, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह `बालेन`ले केन्द्र सरकार माथि प्रश्न उठाएका छन् । ग...

विवाह पञ्चमीमा ओर्लियो जनसागर, फितलो व्यवस्थापनले श्रद्धालुलाई सास्ती

सुभाष कर्ण | मंसिर १२, २०७९

जनकपुरधाम- जनकपुरधाममा धुमधामका साथ श्रीराम जानकी विवाह पञ्चमी महोत्सव मनाइँदै छ । भगवान श्री...

फिफा विश्वकपः क्यामरुन र सर्बियाबीचको रोमाञ्चक खेल बराबरीमा

इकागज | मंसिर १२, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्यामरुन र सर्बियाबीचको खेल रोमाञ्चकरुपमा बराबरीमा टु...