समानुपातिकतर्फ वाग्मतीबाट प्रतिनिधिसभामा काे-काे भए सांसद (सूचीसहित)
मकवानपुर । प्रतिनिधिसभामा वाग्मती प्रदेशबाट ५ दलका २९ जना समानुपातिक सांसद निर्वाचित हुने भएका छन् । आगामी ५ वर्षे कार्यकालका लागि वाग्मती प्रदेशबाट ५ दलले समानुपातिक तर्फ २९ जना सांसद सिफारिस गरेका हुन् ।
मुख्य ३ ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सांसदहरूको सिफारिस सूचीमा बागमती प्रदेशबाट ९ जिल्लाकाे प्रतिनिधित्व गर्दै २९ जनाकाे नाम समेटिएकाे छ ।
नेपाली कांग्रेसबाट ९ जना, एमालेबाट ७ जना, माओवादी केन्द्रबाट ४ जना, रास्वपाबाट ५ जना र राप्रपाबाट ४ जना प्रतिनिधिसभा समानुपातिक सांसद सिफारिस हुँदा प्रदेशकाे १० वटा जिल्लाकाे प्रतिनिधित्व गरेकाे छ ।
५ दलले सिफारिस गरेकाे नाममा काठमाडाै‌, लतितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, सिन्धुपाल्चाेक, नुवाकाेट, चितवन, धादिङ, दाेलखा र सिन्धुली समेटिँदा प्रदेश राजधानी भएकाे जिल्ला मकवानपुरसहित रसुवा र रामेछाप ३ जिल्लाबाट प्रतिनिधित्व छैन ।
सिफारिस गरिएका समानुपातिक सांसदहरुकाे नामावलीमा दलहरुले निर्वाचन आयाेगमा पेश गरेकाे बन्दसूची भिडाइ याेग्य अयाेग्य रहेकाे हेरिन्छ । निर्वाचन कानुन सम्बन्धी प्रक्रिया पूरा गरेपछि साेमबार आयाेगले समानुपातिक सांसद निर्वाचित भएकाे घाेषणा गर्ने भएकाे छ ।
यस्तो छ नामावली सूची
कांग्रेसबाट
खसआर्य (पुरुष तर्फ) डा.प्रकाशशरण महत (नुवाकोट),
खस–आर्य महिलातर्फ अम्बिका बस्नेत (काठमाडौँ),
प्रतिमा गौतम (काठमाडौँ),
रमा कोइराला (भक्तपुर)
आदिवासी जनजाति महिलातर्फ सुशीला थिङ (सिन्धुली)
सपना राजभण्डारी (काठमाडौँ),
अञ्जनी श्रेष्ठ (चितवन),
दलित महिलातर्फ शान्ति विक (चितवन)
सीता मिजार (नुवाकोट) ।
एमालेबाट
आदिवासी–जनजातितर्फ देवीप्रसाद भट्टचन (ललितपुर),
नैनकला थापा मगर (चितवन),
रणकुमारी बलम्पाकी मगर (सिन्धुली),
शान्ति श्रेष्ठ (काठमाडौँ)
खस आर्य पुरुष कोटामा रघुजी पन्त (काठमाडौँ),
दलित पुरुष कोटामा ईश्वरबहादुर रिजाल (दोलखा)
दलित महिला कोटामा रुक्मिनी राना बराइली (काभ्रे)
माओवादी केन्द्रबाट
आदिवासी महिलातर्फ मिना तामाङ (काभ्रे)
खस आर्य महिला कोटामा ज्ञानु बस्नेत सुवेदी (चितवन)
विमला सुवेदी (नुवाकोट)
दलित पुरुष कोटामा रणेन्द्र बराली (चितवन)
रास्वपाबाट
आदिवासी–जनजाति तर्फ सुमना श्रेष्ठ (काठमाडौँ),
खस–आर्य महिला तर्फबाट डा.चन्दा कार्की (ललितपुर),
खस आर्य पुरुष तर्फबाट डोलप्रसाद अर्याल (काठमाडौँ),
दलित पुरुष तर्फबाट सन्तोष परियार (भक्तपुर)
मुस्लिम तर्फबाट असिम शाह (काठमाडौँ)
राप्रपाबाट
खस आर्य कोटामा पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक),
आदिवासी जनजाति पुरुषतर्फ बुद्धिमान तामाङ (धादिङ),
आदिवासी जनजाति महिला कोटामा बिना लामा (धादिङ)
खस आर्य महिला कोटामा रोशन कार्की (ललितपुर)