प्रमुख समाचार

संसदीय दलको नेता चयन गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

इकागज | पुस ३, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।    
    
पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उनले जानकारी दिए ।    
    
माओवादी केन्द्रले समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको थियो । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद छन् ।

एकै व्यक्तिद्वारा ४४ पटक ट्राफिक नियम उल्लङ्घन, पाँच पटकभन्दा बढी गर्ने कारबाहीमा

इकागज | पुस २, २०७९

काठमाडौँ- ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था व...