प्रमुख समाचार

माओवादी बागमतीमा दलकाे नेता बने जमरकट्टेल, चित्त नबुझेपछि बैठकबाटै बाहिरिए प्रदेश अध्यक्ष

इकागज | पुस १६, २०७९

मकवानपुर- बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज शनिबार बसेको बैठकले जमरकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो । बैठकले सर्वसम्मत रूपमा जमरकट्टेललाई नेता चयन गरेको भने पनि पार्टीका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले असन्तुष्टी जनाएका छन् ।

संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो । संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री र हाल आर्थिक मामिला मन्त्री समेत रहेका जमरकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा जमरकट्टेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए । 

संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन पनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाललगायत खटिएका थिए ।

सहमति भनिएको नाममा पौडेलले असहमति जनाएका छन् । संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने उनको माग थियो । उनले सामाजिक सन्जाल मार्फत असन्तुष्टी प्रकट गरेका हुन् ।

पूर्वगृहमन्त्री खाण भन्छन्–पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

इकागज | पुस १६, २०७९

बुटवल । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिर...

एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिने पर्यटन सचिवकाे दाबी

इकागज | पुस १६, २०७९

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा ...

मेलमिलाप दिवसमा कांग्रेस महामन्त्रीद्वय गगन-विश्‍वको के-के छन् सात प्रतिबद्धता ?

इकागज | पुस १६, २०७९

काठमाडौँ- मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपम...

एमाले संसदीय दलका नेता कार्कीको दाबी- प्रदेश १ मा एमाले नेतृत्वकै सरकार बन्ने सहमति भइसक्यो

बाबुराम भण्डारी | पुस १६, २०७९

विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ मा एमाले नेतृत्वकै सरकार...

'सरकार राहत दिन वर्षौँ लगाउँछ, बैंकले एक दिन पनि ढिला मान्दैन, हामी सधैँ मारमा'

इकागज | पुस १६, २०७९

मकवानपुर- नेपाल कृषि प्रधान देश । तर कृषिमा आत्मर्निभर बन्न नसक्दा कृषिजन्य सबैजसो बस्तु आयात मै भरपर्नुप...