शरद र आरिफ लेख्छन्, ‘जस्टिस फर सन्दीप’
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावकर र आरिफ शेखले क्रिकेटर सन्दीप लामिछानेमाथि न्याय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नाबालिकलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका सन्दीपले न्याय पाउनुपर्ने भन्दै शरद र आरिफले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।
बलात्कार आरोपपछि नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान सन्दिपलाई टिमबाट बर्खास्त गरेको छ ।