प्रमुख समाचार

नेपालबाट बिजुली निर्यातका लागि ‘देखिने गरी’ सहयोग गर्न बंगलादेशको भारतलाई आग्रह

इकागज | पुस २२, २०७९

काठमाडौं– आफ्नो देशमा नेपालबाट बिजुली ल्याउन तड्पिरहेको बंगलादेशले भारतलाई ‘देखिने गरी सहयोग गर्न’ आग्रह गरेको छ । 

हिजो नयाँ दिल्लीमा सम्पन्न भारत र बंगलादेशका ऊर्जा मन्त्रीहरुको बैठकमा बंगलादेशका ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री  नसरुल हमिदले भारतलाई ‘देख्न सकिने भारतको सहयोग’ का लागि आग्रह गरेको बंगलादेशको अखबार ढाका ट्रिब्यूनले जनाएको छ । 

उक्त अखबारका अनुसार बैठकमा नवीकरणीय ऊर्जा बंगलादेशमा निर्यात गर्न भारतका निजी क्षेत्रका कम्पनीहरुको चासोबारे पनि छलफल भएको थियो । नसरुलले बंगलादेशमा ऊर्जा क्षेत्रको वृद्धि र माग निरन्तर बढिरहेको बताए । 

‘यदि आसामबाट बिजुली आयात गर्न सकिन्छ भने उत्तरी बंगलादेशमा निर्वाध आपूर्ति सुनिश्चित गर्न सकिन्छ,’ ऊर्जा राज्य मन्त्री हमिदलाई उदृत गर्दै उक्त अखबारले लेखेको छ, ‘हामीले भारतबाट ११६० मेगावाट बिजुली आयात गरे पनि हामी थप आयात गर्न चाहन्छौं ।’

बैठकमा भारतका विद्युत् तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहले भारतले उत्तरी बंगलादेशमा धेरै बिजुली आपूर्ति गर्न सकिने बताए । 

नेपालबाट बिजुली आयातमा सहयोग गर्ने आश्वासन दिंदै सिंहले भने, ‘हामी बंगलादेशको विद्युत् क्षेत्रको विकासका लागि हामी मिलेर अगाडि बढ्न सक्छौं ।’ हिजो बिहीबार छलफल भएका विषयलाई अर्काे संयुक्त निर्देशक समितिमा थप अध्ययन गरी निर्णय सकिने भारतीइ ऊर्जा मन्त्री सिंहले बताए ।

नेपालले भारतसित भएको ऊर्जा सचिव स्तरीय बैठकहरुमा नेपालले बंगलादेशमा बिजुली निर्यातका लागि त्रिदेशीय बैठक आयोजना गर्न आग्रह गर्दै आए पनि भारतले मानेको छैन ।
 

गृहमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

इकागज | पुस २२, २०७९

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा...