प्रमुख समाचार

पोखरा आसपासका क्षेत्रमा कुनैपनि बेला इन्टरनेट बन्द हुन सक्ने

इकागज | पुस २१, २०७९

काठमाडौँ - इन्टरनेट सेवा प्रदायक महासंघले पोखरा आसपासका क्षेत्रमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।  नेपाल विद्युत प्राधिकरणले पोखरमा रहेको इन्टरनेट सेवाको मुख्य अपरेसन सेन्टरमा विद्युत कटौती गरेको भन्दै महासंघले चेतावनी दिएको हो । 

हाल पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपर्सन सेन्टरमा विद्युत प्राधिकरणले छानेरै विद्युत विच्छेद गरेको  भन्दै महांसघले विज्ञप्ति जारी गरेको छ।

सेवा प्रदायकहरूले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दागर्दै पनि विद्युत आपूर्तिका कारण सेवा बन्द हुने अवस्थामा पुगेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ 'हामी सेवा प्रदायकहरूले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकोले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँछौँ। यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ति समेत दिनुपर्दछ।'

'हामीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकाय समक्ष सत्य तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको कुरा विनम्र अनुरोध गर्दछौँ।'

कम्बोडियामा ज्यान गुमाएका निराकारका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट

इकागज | पुस २१, २०७९

काठमाडौँ- गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निरा...

शेखर–गगन समूहको बैठक बस्दै, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

इकागज | पुस २१, २०७९

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । २२ पुसमा बोलाइएको के...

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

इकागज | पुस २१, २०७९

काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान...

मेयर र उपमेयरबीच विवाद : न कर्मचारीलाई तलब न ज्येष्ठ नागरिकलाई भत्ता

सुभाष कर्ण | पुस २०, २०७९

जनकपुरधाम। धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ता माग गर्दै आन्दोलनमा उत्रेक...