नेपाल टी-ट्वान्टीः विराटनगरका हुसेन सर्वोत्कृष्ट खेलाडी
काठमाडौँ- उपविजेता बनेको विराटनगर सुपर किंग्सका हुसेन तलत नेपाल टी-ट्वान्टी क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडी चुनिए । तलतले १३ खेलमा ३ सय ६७ रन जोड्नुका साथै १० विकेट हात पारेका थिए । तलतले ५ लाख रुपैयाँ प्राप्त गरे।
काठमाडौं नाइट्सका फास्ट बलर अभिनाश बोहरा उत्कृष्ट बलर चुनिए । अभिनाशले ११ खेलमा सर्वाधिक १९ विकेट हात पारे । उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।
विराटनगरका स्पिनर सूर्य तामाङ उदयीमान खेलाडी बने । सूर्यले ८ खेलमा १२ विकेट लिए । सूर्यले १ लाख ८० हजार पाउनेछन् ।
फार वेस्ट युनाइटेडका हसतुल्लाह शाहिदी उत्कृष्ट ब्याट्सम्यान चुनिए । उनले सर्वाधिक ४ सय रन बनाए । शाहिदीले २ लाख ५० हजार प्राप्त गरे ।
यता विजेता लुम्बिनी अल स्टार्सले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गरे ।