प्रमुख समाचार

विमान दुर्घटनाको अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

इकागज | माघ ३, २०७९

काठमाडौँ - पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । 

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । 'एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ', उनले भने, 'विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।'

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् । साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइनेछ ।
रासस

सिँचाइ क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्न तीन सदस्यीय कार्यदल बनाउने

इकागज | माघ ३, २०७९

काठमाडौँ- ​नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले पदभ...

रात छिप्पिँदै गएपछि ठमेलमा ग्राहक भन्दा ट्राफिक प्रहरीको संख्या किन बढ्दैछ?

इकागज | माघ ३, २०७९

काठमाडौँ - सरोज श्रेष्ठ आइतबार साँझ ठमेल पुगे । लगातार तीन दिन सार्वजनिक बिदा भएकाले कपनबाट उनी रात्र...

राप्रपाका तीन मन्त्री : ठेकेदार पाण्डेलाई सहरी विकास मन्त्रालय

इकागज | माघ ३, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । तीन मन्त्रालय पाएको राप्रप...

मन्त्री हुने भएपछि लिङ्देन भन्छन्- अग्‍नि परीक्षामा होमिने निर्णयमा पुगेँ, असम्भव जस्तो लागे पनि खरो उत्रनेछु

इकागज | माघ ३, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी भएर अग्नि परीक्षामा होमिन...

स्वास्थ्य राज्यमन्त्रीमा थन्किइन् तोषिमा कार्की, रास्वपाबाट को-को छानिए मन्त्री ?

इकागज | माघ ३, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूको नाम टुंग्याएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठ...