प्रमुख समाचार

उपसभामुखका लागि आज मतदान हुँदै

इकागज | माघ ७, २०७९

काठमाडौँ-  प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे बस्‍ने  प्रतिनिधि सभाको बैठकमा उपसभामुखको मतदान हुनेछ ।

उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । 

यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

सभामुखमा एमालेका देवराज घिमिरे यसअघि नै निर्वाचित भइसकेका छन् ।

तीन महिलाको हत्या प्रकरण : दोषी पत्ता लगाउन गृहमन्त्रालयलाई पत्राचार

इकागज | माघ ७, २०७९

खोटाङ- राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह&nda...

प्रदेश १ सरकारका ६ वटै मन्त्रीहरूले पाए मन्त्रालय, प्रचण्डका ज्वाईंलाई पर्यटन

विराटनगर- ६ जना बिनाविभागीय मन्त्रीहरूको मन्त्रिमण्डलको नेतृत्व गरिरहेका प्रदेश १ मुख्यमन्त्री हिक्मतकुमार क...

छाेरी गंगासहित प्रधानमन्त्री प्रचण्डले गरे सचिवालयमा कर्मचारी नियुक्त

इकागज | माघ ६, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय...